रवि लामिछानेलाई सोधपुछका लागि नख्खु कारागारबाट ल्याइयो सिंहदरबार

२०८२ कात्तिक १९ गते

रवि लामिछानेलाई सोधपुछका लागि नख्खु कारागारबाट ल्याइयो सिंहदरबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका ९रास्वपा०का सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट सोधपुछका लागि ल्याइएको छ ।

 

Advertisement:

Ad

जेनजी आन्दोलनको दौरान कारागारबाट निस्किएको घटना लगायतका विषयमा गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले उनीसँग आज सोधपुछ गर्ने भएकाले उनलाई सिंहदरबार झिकाईएको हो। 


सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछाने पुर्पक्षका लागि कारागार रहेका बेला २४ भदौमा असुरक्षाको कारण देखाउँदै अन्य कैदीबन्दीसँगै बाहिर निस्किएका थिए । रवि बाहिर निस्किँदा कारागार प्रशासनले दिएको भनिएको पत्रको आधिकारिकतामा समेत प्रश्न उठेको थियो । त्यसपछि रवि पुनस् कारागारमै फर्किएका थिए ।