२०८२ फागुन २२ गते
काठमाडौँ । चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् ।
प्रारम्भिक गणनामा एमाले उम्मेदवार अस्मिन घिमिरेभन्दा पछि परेका रविले पछिल्लो मतगणनामा अग्रता लिएका हुन् ।
रविले एक हजार १५८ मत ल्याउँदा एमालेका अस्मिनले ९०८ मत प्राप्त गरेका छन् ।कांग्रेसका उम्मेदवार प्रताप गुरुङ ७७५ मतसहित तेस्रो स्थानमा छन् भने नेपाली कांग्रेसकी मीना खरेलले ५३९ मत ल्याएकी छन् ।
प्रतिक्रिया