कतार एयरवेजको नेपालस्थित कार्यालयमा टिकट फिर्ता लिनेको भिड

२०८२ फागुन १९ गते

कतार एयरवेजको नेपालस्थित कार्यालयमा टिकट फिर्ता लिनेको भिड

काठमाडौँ । अमेरिका इजरायल र इरानबीचको द्वन्द चर्किँदा मध्यपूर्वका ९ देशहरुका हवाई उडान ठप्प भएको छ । यसको प्रत्यक्ष असर नेपालमा पनि परेको छ ।

 

Advertisement:

Ad
Ad

वैदेशिक रोजगारमा जानका लागि टिकट लिइसकेकाहरु टिकट फिर्ता गर्न लाइन लागेका छन् । विशेषगरी आफुले लिएको टिकटको मिति पछि सार्न भन्दै उनीहरु नेपालस्थित (हातिसार) कार्यालयमा लाइन लागेको हुन् । टिकट रिफन्ड तथा मिति सार्न पुग्ने एक यात्रुका अनुसार कतार एयरवेजमा दुई दिन यता लामो लाइन लागेको छ ।  एयरलाइन्सले १५ दिन पछाडिको मिति राखेर टिकट उपलब्ध गराएको एक यात्रुले बताए । खाडी मुलुकका अधिकांश विमानस्थल बन्द हुदा एयरलाइन्सहरु नै अन्यौलमा परेका छन् ।  उडान खुल्ने सुनिश्चित नभएपछि अहिले टिकट दिइएको छैन ।  

 

अमेरिका र इजराइलले इरानमा संयुक्त रूपमा हमला गरिरहेका छन् । बम र मिसाइलहरु पड्किन थालेपछि कतार,दुबई,बहराइन,कवेत लगायतका मुलुकहरुले हवाई उडान बन्द गरेका छन् । नेपालीहरुको मूख्य श्रम गन्तब्य तथा उक्त देश हवाई रुट भएर जाने अन्य मुलुकतर्फका गन्तब्य पनि बन्द भएका छन् । यात्रुहरु युद्ध मत्थर हुने र उडान खुल्ने पखाईमा रहेका छन् । 

 

इरानमा हालसम्म ७०० जनाभन्दा बढी मानिसहरूको मृत्यु भएको दाबी गरिएको छ।आक्रमणमा ९ सयजनाभन्दा बढी घाइते भएका छन्।  एकिन विवरण भने अझै आइसकेको छ ।