प्रधानमन्त्री चिया पिउन पुगे सांसद केपी खनालको 'चियादानी'मा

२०८३ असार ०१ गते

प्रधानमन्त्री चिया पिउन पुगे सांसद केपी खनालको 'चियादानी'मा

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) रास्वपाका सांसद केपी खनालले सञ्चालन गरेको चिया पसलमा पुगेर मुस्कुराउँदै चिया पिएको भिडिओ सार्वजनिक भएको छ। 

 

Advertisement:

Ad
Ad

हिजो (आइतबार) बालेनले आफ्नो टिमसहित काठमाडौँको शंखमुलस्थित सांसद खनालको ‘चियादानी’मा पुगेर चिया पिएका हुन्। पानी परिरहेको बेला बालेन छाता ओडेर मुस्कुराउँदै चियादानीमा गएको र चिया पिउँदै गरेको भिडिओमा देख्न सकिन्छ।  

 

बालेन आफ्ना स्वकीय सुवास शर्मासहितका साथीहरूलाई साथमा लिएर चियादानीमा गएका हुन्। यसअघि पनि बालेनले चियादानीमा पुगेर चिया पिउने गरेको सांसद खनालले बताएका छन्।