प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

२०८३ वैशाख २२ गते

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ।  प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्। प्रधानमन्त्रीले आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।

 

Advertisement:

Ad
Ad

सरकारका समसामयिक विषय, नीतिगत निर्णय तथा विभिन्न प्रशासनिक एजेन्डामाथि छलफल गर्न बैठक बोलाइएको बताइएको छ। मन्त्रिपरिषद्मा मुलुकको वर्तमान राजनीतिक, आर्थिक तथा प्रशासनिक गतिविधिसँग सम्बन्धित विषयमा समीक्षा हुनुका साथै आवश्यक निर्णयसमेत हुन सक्ने अपेक्षा गरिएको छ।

 

यसअघि पनि हिजो मन्त्रिपरिषद्को बैठक बसेको थियो। लगातार दोस्रो दिन बस्न लागेको बैठकलाई सरकारले प्राथमिकतामा राखेका समसामयिक विषय तथा निर्णय प्रक्रियासँग जोडेर हेरिएको छ।