दुई पत्रकारको जमानत जफत,दिवाकर पत्रकारितामा फर्किने ऋषी के भन्छन् ?

२०८२ फागुन २२ गते

दुई पत्रकारको जमानत जफत,दिवाकर पत्रकारितामा फर्किने ऋषी के भन्छन् ?

काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधीसभा सदस्य निर्वाचनमा उमेदवारी दिएका दुई पत्रकारको जमानत जफत हुने भएको छ । पत्रकार दिवाकर शाह र ऋषी धमलाको जमानत जफत हुने भएको हो ।

 

Advertisement:

Ad
Ad

धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका दिवाकर साहले थ्रेसहोल्ड बमोजिम मत कटाउन सकेनन् भने रौतहट ४ बाट निर्वाचनमा मोबाइल चिन्ह लिएर आम जनता पार्टीबाट उम्मेदवारी दिएका ऋषी धमलाले जम्मा १० मत मात्र ल्याएका छन् ।

 

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा मा निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने भनिएको छ । 

 

पत्रकार दिवाकर शाह पुनः पत्रकारितामै फर्किने भएका छन् भने पत्रकार ऋषी धमलाले पत्रकारितामा नफर्किने र आफू जनताको अभिमत बुझुन देश दौडाहामा जाने बताएका छन् ।