पासपोर्ट छपाईमा अनियमितताको आरोपमा राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

२०८३ असार ०२ गते

पासपोर्ट छपाईमा अनियमितताको आरोपमा राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

काठमाडौं । राहदानी छपाई अनियमिततासम्बन्धी अनुसन्धानका निम्ति राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् ।

 

Advertisement:

Ad
Ad

उनलाई आइतबार राति पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ । सोही मुद्दाको अनुसन्धानका निम्ति परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, ठेकेदार सिद्धार्थ थापा पनि अनुसन्धानको दायरामा रहेको अख्तियारस्रोतले जनाएको छ ।

 

स्रोतका अनुसार ठेकेदार थापासँग सोमबार नै सोधपुछ गरिएको र बोलाएको समयमा उपस्थित हुने गरी घर पठाइएको छ । उनी नेपाली कांग्रेसका सांसद सुनीलबहादुर थापाका छोरा तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका नाति हुन् ।