२०८२ कात्तिक २४ गते
काठमाडौँ । जेनजी आन्दोलनको जगमा बनेको सरकारका उर्जा लगायत तीन मन्त्रालयको नेतृत्व गरिरहेका मन्त्री कुलमान घिसिङले आज सोमबार राजनीतिक पार्टी दर्ता गराउने भएका छन् ।पार्टीको नाम नेपाल जनसेवा पार्टी रहने मन्त्री निकट स्रोतले बताएको छ ।
कुलमानको पार्टीमा जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ,राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेकी नेतृ सुमना श्रेष्ठ पनि रहनेछिन् । यो पार्टी गठनमा काठमाडौँ महानगरका मेयर बालेन साहको समर्थन रहेको बताइएको छ । पार्टीको आन्तरिक काम सकिएको तथापी आज दल दर्ता गरिसकेपछि अन्य उदोगी तथा लब्धप्रतिष्ठित व्यक्तिहरु थप्दै जाने कुलमानको योजना रहेको कुलमान निकट स्रोतले बतायो ।
घिसिङ निकट स्रोतले भन्यो,शुरुमा पार्टीको नाम उजयालो नेपाल राख्ने कुरा थियो पछि सबैको सल्लाहमा उज्यालो नेपालका लागि जनसेवा पार्टी भन्ने नारा र पार्टीको नाम नेपाल जनसेवा पार्टी राखिएको हो ।
प्रतिक्रिया