२०८३ असोज ०४ गते
काठमाडौँ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली आइतबार संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गरेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्रिस्तरीय भेलामा सहभागिता जनाउनेछन् । साथै, उनले विभिन्न देशका समकक्षी तथा विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन शाह ६ असोजमा अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री शाहको नेतृत्वमा १४ सदस्यीय प्रतिनिधिमण्डल महासभामा सहभागी हुनेछ ।
प्रतिक्रिया