चार दिने भ्रमणका लागि आज परराष्ट्रमन्त्री खनाल चीन जाँदै,नेपालमा लगानीका लागि आह्वान गरिने

२०८३ जेठ ३१ गते

चार दिने भ्रमणका लागि आज परराष्ट्रमन्त्री खनाल चीन जाँदै,नेपालमा लगानीका लागि आह्वान गरिने

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणका लागि जाने भएका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि आइतबार बेइजिङ जान लागेका हुन् । 

Advertisement:

Ad
Ad

भ्रमणका क्रममा मन्त्री खनालले समकक्षी वाङ यी लगायत चिनियाँ अधिकारीहरूसँग भेटवार्ता गर्ने छन् । उनले नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनमा भाग लिने तथा चिनियाँ व्यवसायीहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । 

मन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किने छन् ।