नेपालका बाढीपीडितका लागि १ करोड डलर दियो एनभिडियाले,अर्थमन्त्रीले भने 'अभूतपूर्व सहयोग'

२०८३ भदौ १९ गते

नेपालका बाढीपीडितका लागि १ करोड डलर दियो एनभिडियाले,अर्थमन्त्रीले भने 'अभूतपूर्व सहयोग'

अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एनभिडियाले नेपालका बाढीपीडितका लागि १ करोड डलर रकम सहयोग गरेको छ। यसको नेपाली रुपैयाँ डेढ अर्ब हुन्छ। 

अर्थमन्त्री स्वर्णिम वाग्लेले एनभिडियाका प्रमुख कार्यकारी अधिकृत ९सीईओ०  जेन्सन हवाङले बाढीपीडितलाई सहयोगका लागि १ करोड अमेरिकी डलर हस्तान्तरण गरेको जानकारी दिएका हुन्। यसलाई उनले ‘अभूतपूर्व सहयोग’ भनेका छन्। 

Advertisement:

Ad
Ad

योसँगै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु। १० अर्बभन्दा बढी रकम संकलन भएको जानकारी पनि अर्थमन्त्री वाग्लेले दिएका छन्। 

अर्थमन्त्री वाग्लेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘१ करोड डलरको सहयोग, हार्दिक आभार श्री जेन्सन हवाङ, प्रमुख कार्यकारी अधिकृत, एनभिडिया। यस अभूतपूर्व सहयोगसँगै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु। १० अर्बभन्दा बढी रकम संकलन भएको छ।’