२०८२ कात्तिक १८ गते
काठमाडौँ । सामाजिक सञ्जालमा जथाभाबी बोलेर चर्चामा भएका डाक्टर निकोलश भुसाल गोरखाबाट पक्राउ परेका छन् ।
मङ्गलवार दिउँसो गोरखा नगरपालिका–८ स्थित रानीवनको सरस्वती आश्रमबाट भुसाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।भुसाललाई काठमाडौँ ल्याउने तयारी गरिएको गोरखाका एसपी भरत बहादुर बिकले जानकारी दिए । यसअघि भुषालले सामाजिक सञ्जालमार्फत विवादास्पद अभिव्यक्ति दिएका थिए । त्यसपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो ।
उनले केही दिन अघि पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह लगायतको नाम लिंदै भुसालले हिंसात्मक अभिव्यक्ति दिएका थिए । उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध पनि अराजक अभिव्यक्ति दिएका थिए ।
प्रतिक्रिया