नेप्सेमा एकल अंकको वृद्धि, कारोबार रकम १४ अर्ब ३२ करोड

२०८२ चैत ०१ गते

नेप्सेमा एकल अंकको वृद्धि, कारोबार रकम १४ अर्ब ३२ करोड

साताको पहिलो कारोबार दिन सेयर बजारमा सामान्य सुधार देखिएको छ। अघिल्लो कारोबार दिन अर्थात् बिहीबार झण्डै २४ अंकले बढेको नेप्से आइतबार भने करिब साढे ४ अंकले मात्रै उकालो लागेको हो। आइतबार नेप्से परिसूचक ४.४५ अंकले बढेर २८२४.९० विन्दुमा पुगेको छ। 

नेप्सेमा १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढ्दा ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूह सबैभन्दा धेरै २.८३ प्रतिशतले बढेको छ भने अन्य बढेका उपसमूहको वृद्धि सामान्य रहेको छ। होटल तथा पर्यटन, लगानी, जीवन बीमा र म्युचुअल फण्ड उपसमूह भने घटेका छन्।

Advertisement:

Ad
Ad

 

बजार परिसूचक सामान्य बढे पनि कारोबार रकम भने केही घटेको छ। आइतबार ३५० वटा स्टकको १ लाख २४ हजार ४९० पटकको कारोबारमा १४ अर्ब ३२ करोड ९६ लाख ४ हजार रुपैयाँ बराबरको ३ करोड ९५ लाख ४९ हजार कित्ता सेयर किनबेच भएको छ।

यस दिन दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा पुगेको छ। सोलु हाइड्रोपावर र सालपा विकास बैंकको सेयरमा सकारात्मक सर्किट लागेको हो। होटल फरेष्ट इनको सेयर मूल्य करिब १० प्रतिशतले बढ्दा ग्रीनलाइफ हाइड्रोपावरको सेयर मूल्य पनि करिब साढे ९ प्रतिशतले उकालो लागेको छ। यता दरमखोला हाइड्रो इनर्जीको सेयर मूल्य भने सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ।

 

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ८१ करोड १ लाख २१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, रिडी पावर कम्पनीको करिब ६८ करोड रुपैयाँ र नेशनल हाइड्रोपावर कम्पनीको साढे ६२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।