नेप्सेमा गिरावटसंगै कारोबार पनि खुम्चियो

२०८३ भदौ ०५ गते

नेप्सेमा गिरावटसंगै कारोबार पनि खुम्चियो

काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले ओरालो लागेको छ। बिहीबार झिनो सुधार देखिएको बजार शुक्रबार भने १०.६७ अंकले घटेर २६१८.७२ विन्दुमा बन्द भएको हो।

यस दिन सेन्सेटिभ इण्डेक्स १.५४ अंक, फ्लोट इण्डेक्स ०.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३८ अंकले घटेका छन्। बजारसँगै कारोबार रकम पनि केही खुम्चिएको छ। ३४४ कम्पनीका १ करोड २२ हजार कित्ता शेयर ४ अर्ब १६ करोड ७६ लाख रुपैयाँभन्दा बढीमा किनबेच भएका छन्।

Advertisement:

Ad
Ad

 

कारोबारमा सर्वोत्तम पेन्ट्सको शेयर सकारात्मक सर्किटमा पुगेको छ। कम्पनीको शेयरमूल्य १०४ रुपैयाँ बढेर ७९७.६० रुपैयाँ पुगेको छ। यस्तै, पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य करिब १४ प्रतिशत बढ्दा धौलागिरी लघुवित्तको शेयरमूल्य ५.२६ प्रतिशतले घटेको छ।

 

कारोबार रकममा रिलायन्स स्पिनिङ मिल्स अगाडि रह्यो। कम्पनीको २६ करोड ३७ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। सोलु हाइड्रोपावर र रिडी पावर पनि उच्च कारोबार हुने कम्पनीमा रहे। १३ उपसमूहमध्ये म्युचुअल फण्डबाहेक सबै उपसमूह राताम्मे भएका छन्। अन्य उपसमूहमा सबैभन्दा ठूलो १.०६ प्रतिशतको गिरावट देखिएको छ।