नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा सीआईबीले शुरु गर्यो अनुसन्धान,तत्कालिन सहसचिव पक्राउ

२०८२ कात्तिक २३ गते

नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा सीआईबीले शुरु गर्यो अनुसन्धान,तत्कालिन सहसचिव पक्राउ

काठमाडौं । नेपाल ट्रस्टको दरबारमार्गस्थित एक रोपनी १४ आना जग्गा यति होल्डिङ्ससम्बद्ध थामसेर्कु ट्रेकिङ प्रालिलाई ३० वर्षका लागि लिजमा दिने निर्णयबारे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान सुरु गरेको छ।

 

Advertisement:

Ad
Ad

यस प्रकरणमा लिज सम्झौतामा हस्ताक्षर गर्ने तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। अनुसन्धान अधिकारीहरूका अनुसार लिज प्रक्रिया थामसेर्कुलाई लाभ हुने गरी मिलेमतोमा अघि बढाइएको आशंका गरिएको छ।

 

२०७१ साउनमा ट्रस्टको सञ्चालक समितिले लिजको प्रस्ताव स्वीकृत गरेको र करिब दुई वर्षपछि बोलपत्र आह्वान गरिएको थियो। प्रतिस्पर्धामा ६ कम्पनी सहभागी भए पनि मापदण्ड थामसेर्कुलाई अनुकूल बनाइएको देखिएको सीआईबीको भनाइ छ।

 

अनुसन्धानकर्ताहरूका अनुसार सहसचिवस्तरीय निर्णय भए पनि त्यसमा ट्रस्टका संरक्षक (प्रधानमन्त्री) र अध्यक्ष(गृहमन्त्री)को संलग्नता समेत रहेको शंका गरिएको छ। यो प्रक्रिया विभिन्न समयमा केपी शर्मा ओली, पुष्पकमल दाहाल, शक्तिबहादुर बस्नेत र विमलेन्द्र निधि प्रधानमन्त्री तथा गृहमन्त्री रहँदा अघि बढाइएको थियो।ैतर अनुसन्धान अघि बढाउन कुरा उठेपनि अख्तियारले उक्त फाइल गुपचुप राखेको थियो ।