२०८२ कात्तिक २० गते
काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड हिमालयन बैंकको सबैभन्दा ठूलो संस्थापक सेयरधनी बनेको छ। कम्पनीले पाकिस्तानको हबिब बैंक लिमिटेडको नाममा रहेका सबै सेयर खरिद गरेको हो।
नेसनल लाइफले हबिब बैंकका २ करोड ८० लाख १२ हजार ४४७ कित्ता संस्थापक सेयर ३ अर्ब ३३ करोड रुपैयाँमा, प्रतिकित्ता ११८.८८ रुपैयाँका दरले किनेको छ। यसअघि कम्पनीको हिमालयन बैंकमा १.२५ प्रतिशत (२८ लाख २२ हजार ७०८ कित्ता) सेयर थियो, जुन बढेर १४.१८ प्रतिशत ९३ करोड ८ लाख ३५ हजार १५५ कित्ता० पुगेको छ।
नेपाल राष्ट्र बैंकले हबिबलाई सेयर बिक्रीको अनुमति दिएपछि नेसनल लाइफले खरिद प्रस्ताव पेस गरेको र त्यसलाई स्वीकृति दिइएको हो। यसअघि २०७६ सालमै हबिबले सेयर बेच्ने प्रयास गरेको भए पनि त्यति बेला सफल भएको थिएन।
प्रतिक्रिया