२०८२ मंसिर १४ गते
काठमाडौं । औषधि व्यवसायीहरूले औषधि ऐन, २०३५ को दफा ११ मा राखिएको अव्यावहारिक प्रावधान खारेज गर्नुपर्नेमा माग राख्दै औषधि व्यवस्था विभागमा धर्ना दिएका छन् ।आइतबार नेपाल औषधि व्यवसायी महासंघको अगुवाइमा व्यवसायीहरूले म्याद सकिनुअघि नवीकरण नगरे शतप्रतिशत जरिवाना लाग्ने र ३१ औँ दिनमा इजाजतपत्र, प्रमाणपत्र स्वतः रद्ध हुने जस्ता प्रावधानहरू खारेज गर्न माग गर्दै विभाग अगाडि धर्ना दिएका हुन् ।
धर्नामा नेपाल पशुपन्छी औषधि व्यवसायी संघ, नेपाल आयुर्वेदिक औषधि व्यवसायी महासंघ, नेपाल औषधि व्यवसायी संघ र नेपाल आपूर्ति आयातकर्ता संघहरु छन् । उनीहरुले ‘हाम्रो जायज माग पुरा गर । औषधी ऐन २०३५ को दफा ११ उपदफा ५ खारेज गर’ भन्ने प्लेकार्ड बोकेर औषधि व्यवस्था विभाग अगाडि धर्ना दिएका हुन् ।
प्रतिक्रिया