मतदानस्थलमा यसपटक आर्मी तैनाथ हुने, मतगणनास्थलसम्म मतपेटिका लैजाने जिम्मा पनि सेनालाई

२०८२ फागुन १३ गते

मतदानस्थलमा यसपटक आर्मी तैनाथ हुने, मतगणनास्थलसम्म मतपेटिका लैजाने जिम्मा पनि सेनालाई

काठमाडौँ । यस वर्षको निर्वाचनमा मतदानपछि मतपत्र र मतपेटिका गणनास्थलसम्म सुरक्षित रूपमा पुर्‍याउने जिम्मा पहिलो पटक नेपाली सेनालाई दिइएको छ । अघिल्ला चुनावहरूमा यो जिम्मेवारी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले मात्रै सम्हाल्ने गरेका थिए ।

निर्वाचन आयोग र गृह मन्त्रालयका अनुसार ‘असामान्य परिस्थिति’ लाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा बनाइएको हो । २१ फागुनमा हुने निर्वाचनका लागि करिब ८० हजार सैनिक, ७१ हजार नेपाल प्रहरी र ३५ हजार सशस्त्र प्रहरी परिचालन भएका छन् । मतदानस्थलको भित्री सुरक्षा नेपाल प्रहरीले, दोस्रो घेरा सशस्त्र प्रहरीले र बाहिरी घेरा सेनाले सम्हाल्ने व्यवस्था गरिएको छ । आवश्यक परे संयुक्त कमान्डको अधिकार पनि सेनालाई दिइएको छ ।

Advertisement:

Ad
Ad


मतदान, मतपेटिका ढुवानी, मतगणना र परिणामपछिको अवस्थासमेतलाई ध्यानमा राखेर सुरक्षा योजना लागू गरिएको गृह मन्त्रालयले जनाएको छ । उल्लेखनीय रूपमा, २०६४ सालको संविधानसभा निर्वाचनमा सेनालाई ब्यारेकमै सीमित राखिएको थियो ।