नवनियुक्त ४ मन्त्रीले लिए शपथ

२०८२ असोज ०६ गते

नवनियुक्त ४ मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त ४ मन्त्रीले शपथ लिएका छन् । शीतलनिवासमा आयोजित शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्रीहरू जगदीश खरेल, महावीर पुन, अनिल सिन्हा र मदन परियार शपथ लिएका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा खरेलले सञ्चार, पुनले शिक्षा, विज्ञान तथा प्रविधि, सिन्हाले उद्योग, कानून र भूमि मन्त्रालय र परियारले कृषिमन्त्रीको शपथ लिएका हुन् ।स्वास्थ्यमन्त्रीमा संगीता कौशल मिश्रको नाम सिफारिस भएको भएपनि विवाद बढेपछि उनको शपथ रोकिएको छ।

Advertisement:

Ad
Ad

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमा यो सँगै ८ सदस्यीय मन्त्रीमण्डल बनेको हो ।