महावीर पुनले भने, 'केही दिन फोन र म्यासेज नपठाउनुस्'

२०८२ असोज ०८ गते

महावीर पुनले भने, 'केही दिन फोन र म्यासेज नपठाउनुस्'

काठमाडौं । नवयिुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले केही दिन फोन नगर्न र म्यासेज नपठाउन अनुरोध गरेका छन् ।

 

Advertisement:

Ad
Ad

सामाजिक सञ्जालमा पुनले आफू मन्त्रालयमा गतिलो र सिर्जनशील टिम बनाउन व्यस्त भएको भन्दै केही दिन फोन नगर्न र म्यासेज नपठाउन भनेका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘अस्तीदेखि मोबाइलमा, मेसेन्जरमा र ह्वाट्सअपमा हजारौं कल र मेसेज आइरहेका छन् । म मन्त्रालयमा एउटा गतिलो र सिर्जनशील टीम बनाउन व्यस्त छु । त्यसैले केही दिनको लागि अनावश्यक फोन नगर्न र मेसेज नपठाउनु होला ।’

 

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुन सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त भएका हुन् ।