२०८२ असोज ०६ गते
काठमाडौँ । नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधीमन्त्री महाविर पुनले आफ्नो कार्यकालमा सकेको राम्रो काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सोमबार सपथ खाइसकेपछि पत्रकारहरुको जिज्ञासामा ६ महिनाको छोटो अवधिमा जतीसक्दो धेरै काम गर्ने र सुविधाको लोभ नगर्ने बताएका छन् । उनले आफूलाई मन्त्रालयमै एउटा सानो कोठा दिए त्यहीँ पकाएर खाने र सुत्ने बताएका हुन् ।
शिक्षालाई निःशुल्क बनाउनुहुन्छ भन्ने पत्रकारको प्रश्नमा उनी भन्छन्, अहिलेसम्मको सरकारले नसकेको काम मैले ६ महिनामैै सक्छु कसरी भनौँ सक्दो राम्रो गर्ने हो प्रयास गर्ने हो । म किताब बेचिरहेको मान्छेलाई बोलाएर मन्त्री बन् भनेपछि बनेको हुँ, मलाई मन्त्री त बन्दै बन्दिन भन्ने थियो । पुनले वित्रान तथा नवप्रवर्तनलाई प्राथमिकता राखेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
प्रतिक्रिया