लुटेराले फालेको पाँच लाख प्रहरीलाई बुझाए सुरेशले

२०८२ भदौ २९ गते

लुटेराले फालेको पाँच लाख प्रहरीलाई बुझाए सुरेशले

काठमाडौँ । जेनजी प्रदर्शनकारीको नाममा नयाँ बानेश्वरको राष्ट्रिय वाणिज्य बैंकबाट लुटिएको नगद  एक युवकले प्रहरीलाई फिर्र्ता गरिदिएका छन् । भदौ २४ गते राति लुटेराहरुले नयाँ बानेश्वरको वाणिज्य बैंक फोडेर नगद लैजाँदै गर्दा सुरेशले देखे । ललितपुरको बंगलामुखी बस्दै आएका ३७ वर्षिय सुरेशले लुटेराहरुलाई यसरी बैंकको पैसा चोर्न मिल्छ भन्दै भिडियो बनाएपछि लुटेराहरुले ला लैजा तँलाई यही पैसा चाहिएको त होलानी भन्दै पैसा फालेर भागेका थिए । 

लुटेरा भागेपछि सुरेशले आफूसँग सुरक्षित ५ लाख १० हजार ५ सय रुपैयाँ जिल्ला प्रहरी परिसर ललितपुरमा गएर बुझाएका हुन् ।

Advertisement:

Ad
Ad