जेनजी समूहमै विवाद : जंगी अड्डामा सुशिलालाई बोलाएर कुलमान घिसिङको नाममा निकाले विज्ञप्ति

२०८२ भदौ २६ गते

जेनजी समूहमै विवाद : जंगी अड्डामा सुशिलालाई बोलाएर कुलमान घिसिङको नाममा निकाले विज्ञप्ति

काठमाडौं । जेनजी प्रतिनिधीहरबीच नयाँ सरकारको नेतृत्वमा कसलाई ल्याउने भन्ने विषयमा वादविवाद भएको छ । समूह समूहमा आफूलाई जेनजी बताउने युवाहरुको झुण्डले सैनिक जंगी अड्डा भद्र्कालीमा नाराबाजी गरिरहेका छन् । जेनजीका एकथरी समूहले पूर्वप्रधानन्यायाधिश सुशिला कार्कीलाई अन्तरिम सरकारको अध्यक्ष बनाएर लैजाने कुरा गरिरहँदा अर्काथरीले आपत्ती जनाउँदै विज्ञप्ति निकालेर कार्कीलाई नेतृत्वमा लैजान नसकिने जिकिर गरेका छन् ।उनीहरुले अन्तरिम मन्त्रिपरिषद्‌को नेतृत्वमा नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी प्रमुख कुलमान घिसिङलाई प्रस्ताव गर्ने निर्णय भएको भन्दै विज्ञप्ति जारी गरेका छन् ।

बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘भ्रष्टाचारको अन्त्य, बेथिती नियन्त्रण र सुशासन कायम गर्ने हाम्रो आन्दोलन अभूतपूर्व सफलताको चरणमा पुगेको छ। जेन–जी समर्थित अन्तरिम मन्त्रिपरिषद् गठन भएसँगै यसको निष्कर्ष आउनेछ ।’

Advertisement:

Ad
Ad


जेनजी नेपालका अनुसार प्रारम्भिक छलफलमा काठमाडौं महानगर प्रमुख बालेन्द्र साह ९बालेन०लाई प्रमुख उम्मेदवारका रूपमा हेरिएको थियो । तर, उनले प्रक्रियामा रुचि नदेखाएको कारण अन्य विकल्प खोजिएको हो । त्यस्तै, धरानका मेयर हर्क साम्पाङको नाम पनि छलफलमा आए पनि सबैलाई नेतृत्व गर्ने सम्भावना न्यून ठहरिएको विज्ञप्तिमा उल्लेख छ ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाममा हिजोको भर्चुअल छलफलमा समर्थन देखिए पनि संविधानअनुसार न्यायाधीशहरू यो पदका लागि योग्य नहुने र उमेर सीमा पार गरिसकेको कारण उनको नाम अस्वीकृत गरिएको स्पष्ट गरिएको छ ।

यी सबै छलफलपछि कुलमान घिसिङकै नाममा सकारात्मक सहमति बनेको र उनलाई अन्तरिम मन्त्रिपरिषद्को नेतृत्वमा पठाउने निर्णय भएको जेन–जी नेपालले जनाएको छ ।