कृष्णभीरमा पहिरो पन्छाउने काम तीव्र, दुवै छेउबाट रुख कटान सुरु

२०८३ भदौ १८ गते

कृष्णभीरमा पहिरो पन्छाउने काम तीव्र, दुवै छेउबाट रुख कटान सुरु

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरो पन्छाउने कार्य अघि बढाइएको छ। सडक सञ्चालनलाई प्राथमिकतामा राख्दै पहिरो हटाउने काम तीव्र गतिमा अघि बढाइएको हो।

 

Advertisement:

Ad
Ad

पहिरोको दुवै छेउबाट १८ जना जनशक्ति परिचालन गरी सडक अवरुद्ध गर्ने गरी ढलेका तथा जोखिमयुक्त रुख कटानको काम भइरहेको छ। पहिरो पन्छाउन आवश्यक निर्माण उपकरणसमेत दुवै छेउमा तयारी अवस्थामा राखिएको छ।

 

रुख कटानको काम सम्पन्न हुनासाथ निर्माण उपकरण परिचालन गरी पहिरो पन्छाउने कार्य सुरु गरिने जनाइएको छ। सडकलाई यथाशीघ्र सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको छ।