कृष्ण बहादुर महराले त्यागे पार्टी

२०८३ असार ०४ गते

कृष्ण बहादुर महराले त्यागे पार्टी

काठमाडौँ । नेकपाका नेता कृष्ण बहादुर महराले पार्टी परित्याग गरेका छन् । उनले बिहीबार एक विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेको जानकारी गराएका हुन् । 

विगत ४८ वर्षदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा सक्रिय महराले आफू नसा र मांसपेशीको समस्याबाट पीडित रहेको र नियमित उपचार, थेरापी र औषधि सेवन गर्दा पनि स्वास्थ्यमा अपेक्षित सुधार नभएकाले पार्टीका नियमित गतिविधि र जिम्मेवारी वहन गर्न कठिन भएको महराले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

Advertisement:

Ad
Ad