झापा–५ मा ओली पराजित, बालेनको ऐतिहासिक जित

२०८२ फागुन २३ गते

झापा–५ मा ओली पराजित, बालेनको ऐतिहासिक जित

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत झापा–५ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पराजित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र (बालेन) शाहसँग उनी ठूलो मतान्तरले हारेका हुन्।

बालेन ६८ हजार ३४८ मतसहित निर्वाचित हुँदा उनका मुख्य प्रतिस्पर्धी ओली १८ हजार ७३४ मतमा सीमित भए। बालेनले ओलीलाई ४९ हजार ६१४ मतान्तरले पराजित गरेका हुन्।

Advertisement:

Ad
Ad

श्रम संस्कृति पार्टीका समिर तामाङ ९ हजार २३३ मतसहित तेस्रो स्थानमा रहे भने नेपाली कांग्रेसकी मंधरा चिमरिया १ हजार ८२१ मतसहित चौथो स्थानमा सीमित भइन्।

यसअघि झापा–५ बाट पटक–पटक निर्वाचित हुँदै आएका ओलीलाई पहिलो पटक संसदीय चुनाव लडेका बालेनले हराएका हुन्। काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर बालेन संसदीय राजनीतिमा होमिएका थिए।