संविधान दिवसको अवसरमा ओलीको सन्देश,आन्दोलनमा भएको घुसपैठको छानबिन हुनुपर्छ

२०८२ असोज ०३ गते

संविधान दिवसको अवसरमा ओलीको सन्देश,आन्दोलनमा भएको घुसपैठको छानबिन हुनुपर्छ

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानिएको दाबी गरेका छन् । संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले आन्दोलनमा भएको घुसपैठको छानबिन हुनुपर्ने बताएका छन् । 


ओलीले तत्कालीन सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश नदिएको पनि प्रस्ट पारेका छन् । ओलीले भनेका छन्– 'आन्दोलनमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरूको ज्यान गयो। सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ । त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै दिवङ्गत युवाहरूप्रति श्रद्धाञ्जली एवं घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दछु।'

Advertisement:

Ad
Ad

ओलीले थप भनेका छन्– 'प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइएको छ । नेपालको नक्सा जलाइएको छ, देशको निशानी मेटाउन खोजिएको छ।  जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालय, तिनका नेता कार्यकर्ताको घर, व्यक्तिगत सम्पत्ति छानीछानी खरानी बनाइएको छ।'


'हाम्रा युवाहरूले काजी भीम मल्लको मृत्युदण्डबारेको इतिहास पक्कै पढ्नु भएको छ। देशको सीमाना विस्तार गरेर फर्केका भीम मल्ललाई देश फर्किनासाथ काटिएपछि पछुताउने मात्र विकल्प बाँकी रह्यो। यथार्थ भन्दा बाहिर गएर विस्तार गरिएका असन्तोषका परिणामहरू पछुताउन मात्र काम लाग्छन्,'त्यस पछुतोले नै बनिरहेको देशको  झन् झन् गाढा सम्झना गराउने छु ओलीले सन्देशमा उल्लेख गरेका छन् ।