२०८३ कात्तिक १६ गते
काठमाडौं । सरकारले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट रङ्गशाला परिसर वरपरका सडक स्तरोन्नति तथा कालोपत्रे गर्ने भएको छ। रङ्गशालासम्म दर्शकको पहुँच सहज बनाउन र आवागमन व्यवस्थित गर्ने उद्देश्यले सडक स्तरोन्नतिको प्रक्रिया अघि बढाइएको हो।
पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको सडक डिभिजनले सडक स्तरोन्नतिका लागि प्राविधिक मूल्याङ्कन सम्पन्न गरी आर्थिक प्रस्ताव खोल्ने प्रक्रिया अघि बढाएको छ। बोलपत्रदाताहरूको आर्थिक प्रस्ताव आगामी कात्तिक १९ गते खोलिनेछ।
आर्थिक प्रस्ताव खोल्ने प्रक्रिया सम्पन्न भएपछि निर्माण कार्य अघि बढाइने जनाइएको छ। सडक स्तरोन्नति तथा कालोपत्रेको काम सुरु भएको ९० दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
रङ्गशाला परिसरका सडक स्तरोन्नति भएपछि क्रिकेट प्रतियोगिता हेर्न आउने दर्शकको आवागमन सहज हुनुका साथै आसपासको भौतिक पूर्वाधार थप व्यवस्थित र आकर्षक हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया