कास्की–२ मा भत्कियो एमालेको किल्ला,रास्वपाको ऐतिहासिक जित

२०८२ फागुन २३ गते

कास्की–२ मा भत्कियो एमालेको किल्ला,रास्वपाको ऐतिहासिक जित

पोखरा । नेकपा एमालेको बलियो गढ मानिएको कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले ऐतिहासिक विजय हासिल गरेको छ। रास्वपाका उम्मेदवार उत्तमप्रसाद पौडेल ३१,९११ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेकी रश्मि आचार्यले ७,४९३ मत प्राप्त गरिन्। दुवैबीच २४,४१८ मतको फराकिलो अन्तर रहेको छ।

यसअघि २०७९ को निर्वाचनमा रास्वपा यहाँ ४,५०० मतले पछि परेको थियो। तर यसपटक नेपाली कांग्रेस त्यागेर रास्वपामा प्रवेश गरेका पौडेलले एमालेको गढ तोड्दै ठूलो मतान्तरले जित हासिल गरेका हुन्।

Advertisement:

Ad
Ad

अन्यतर्फ, राप्रपाका हेमजंग गुरुङ १,६४३ मतसहित तेस्रो स्थानमा रहे भने नेकपाका हेमबहादुर थापा ९किरण० १,२७६ मतसहित पाँचौँ स्थानमा खुम्चिए। स्वतन्त्र उम्मेदवारहरूले भने उल्लेख्य प्रभाव पार्न सकेनन्।