अमेरिकाको मियामी विमानस्थलमा अमेजनको कार्गो विमान दुर्घटना, पाँच जनाको मृत्यु

२०८३ भदौ २२ गते

अमेरिकाको मियामी विमानस्थलमा अमेजनको कार्गो विमान दुर्घटना, पाँच जनाको मृत्यु

मियामी । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजनको कार्गो विमान धावनमार्गबाट बाहिरिएर केही सवारीसाधनमा ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

अधिकारीका अनुसार आइतबार भएको दुर्घटनामा अमेजनको ‘प्राइम एयर’ विमान धावनमार्गबाट बाहिरिएर विमानस्थल नजिकैको खाली क्षेत्रमा पुगेको थियो। विमान उत्तरी क्यारोलिनास्थित ‘२१ एयर’ कम्पनीले सञ्चालन गरिरहेको थियो।

Advertisement:

Ad
Ad

मियामी–डेड फायर रेस्क्युका अनुसार विमानले नर्थवेस्ट ४२औँ एभिन्यूको २१०० ब्लकनजिक रहेका केही सवारीसाधनलाई समेत ठक्कर दिएको थियो। दुर्घटनापछि उद्धार तथा राहतका लागि ६० भन्दा बढी दमकल तथा उद्धार टोली घटनास्थलमा परिचालन गरिएको थियो।

मियामी–डेड शेरिफ कार्यालयका सुरक्षाकर्मीसमेत घटनास्थलमा पुगेका थिए। दुर्घटनाका कारण विमानस्थलमा करिब तीन घण्टासम्म उडान तथा अवतरण प्रभावित भएको थियो।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।