कैलाश तिर्थ गएका १७८ जना रसुवामा बेपत्ता,सद्गुरुका चेला मात्रै ७७ जना हराए

२०८३ भदौ १२ गते

कैलाश तिर्थ गएका १७८ जना रसुवामा बेपत्ता,सद्गुरुका चेला मात्रै ७७ जना हराए

नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढीपछि बेपत्ता भएकामध्ये कैलाश पर्वतको तीर्थयात्रामा गएका भक्तजनसमेत रहेको बताइएको छ । नेपाल र तिब्बतमा बाढी तथा पहिरोबाट सयौँ व्यक्ति बेपत्ता भएपछि कैलाश क्षेत्रको तीर्थयात्रा प्रभावित भएको हो ।


दक्षिणपश्चिमी तिब्बतमा चीन–नेपाल र भारतको सीमाना नजिकै रहेको कैलाश पर्वत समुद्र सतहबाट छ हजार ४०० मिटरभन्दा बढी उचाइमा छ । मानसरोवर ताल नजिक रहेको यो पर्वत हिन्दू, बौद्ध, जैन तथा तिब्बती बोन परम्पराका अनुयायीका लागि पवित्र मानिन्छ । हिन्दू धर्ममा कैलाशलाई भगवान् शिव र देवी पार्वतीको निवास तथा बोन परम्परामा आध्यात्मिक शक्तिको केन्द्र मान्ने धार्मिक विश्वास छ ।

Advertisement:

Ad
Ad


भारत सरकारले हरेक वर्ष जुनदेखि अगस्ट वा सेप्टेम्बरसम्म उत्तराखण्ड र सिक्किम हुँदै कैलाश मानसरोवर तीर्थयात्रा सञ्चालन गर्छ । निजी सञ्चालकले नेपाल हुँदै पनि तीर्थयात्रा आयोजना गर्ने गरेका छन् ।

यसपटकको विपद्मा भारतका कम्तीमा १७८ जना बेपत्ता रहेको र तीमध्ये अधिकांश कैलाश तीर्थयात्रामा गएको विश्वास गरिएको छ । अमेरिका, अस्ट्रेलिया, बेलायत र क्यानाडाका नागरिकसमेत बेपत्ता भएको बताइएको छ ।

भारतीय आध्यात्मिक गुरु जग्गी वासुदेव सद्गुरुले सामाजिक सञ्जाल एक्समार्फत आफ्नो ईशा फाउन्डेसनले आयोजना गरेको समूहका ७७ जना तीर्थयात्री बाढी आउँदा तिब्बतको ग्यिरोङस्थित अध्यागमन केन्द्रमा रहेको बताएका छन् । उनका अनुसार ती तीर्थयात्री कैलाश क्षेत्रबाट फर्किरहेका थिए ।