२०८२ फागुन २५ गते
काठमाडौँ । रुकुम पश्चिमबाट प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपाका उम्मेदवार जनार्दन शर्माले राजनीतिक अस्थिरतालाई परास्त गर्ने गरी रास्वपालाई जनताले अधिकतम मत दिएको बताएका छन् । पराजित भएपछि पहिलोपटक सार्वजनिक हुँदै शर्माले देश विकासको सपना रास्वपाबाट हुन्छ भन्ने विश्वासका साथ जनताले अत्यधिक मत रास्वपालाई दिएको बताएका हुन् ।उनले चुनाव निष्पक्ष र शान्तिपूर्ण सम्पन्न गरेकोमा प्रधानमन्त्री कार्कीलाई धन्यवाद दिएका छन् ।
चुनावअघि माओवादीबाट चोइटिएर प्रगतीशील लोकतान्त्रिक पार्टी प्रलोपा गठन गरेका जनार्दन फागुन २१ को निर्वाचनमा रुकुम पश्चिममा आँखा चिन्ह लिएर मैदानमा उत्रिएका थिए । रुकुम पश्चिममा प्रचण्ड संयोजक रहेको पार्टी नेपाली कम्युनिष्ट पार्टीका गोपाल सुवेदीले २१हजार ६सय ९ मत ल्याएर विजयी भएका छन् ।जनार्दन भने १४हजार ३सय४६ मतसहित तेस्रो भएका छन् ।
तीन पटकसम्म निर्वाचन जितेका जनार्दनको यो हारसँगै संसदीय यात्रामा ब्रेक लागेको छ । उनले आफू पदमा रहँदा या नरहँदा पनि जनताको सेवामा समर्पित हुने बताएका छन् ।
प्रतिक्रिया