प्रचण्डबाट फुटेर गएका प्रलोपाका उम्मेदवार जनार्दन शर्माले बढाए मत

२०८२ फागुन २२ गते

प्रचण्डबाट फुटेर गएका प्रलोपाका उम्मेदवार जनार्दन शर्माले बढाए मत

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मत परिणाम अनुसार रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्माले सुरुवाती अग्रता लिएका छन् । 

 

Advertisement:

Ad
Ad

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आठ बिसकोट नगरपालिका वडा नम्बर १, वडा नम्बर ३, वडा नम्बर ४ क केन्द्रको जम्मा १७५२ मत गणना गर्दा शर्माले ७२६ मतका साथ अग्रता लिएका हुन् । 

 

मुख्य निर्वाचन अधिकृत दिपेन्द्र थापा मगरका अनुसार नेपाली कम्युनिस्ट पार्टीका गोपाल शर्माले ५५४, नेपाली कांग्रेसका उम्मेदवार राजु केसीले २३७ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मानबहादुर शाहीले ८२ मत प्राप्त गरेका छन् । गणना भएका मतमध्ये ८९ मत बदर भएको बताइएको छ। जिल्लामा ५९.०३ प्रतिशत मत खसेको छ । 

 

जिल्ला प्रशासन कार्यालयका अनुसार कुल एक लाख ६ हजार ६६० मतदाता रहेकामा जिल्लामा ६२ हजार ९६८ मत खसेको हो । महिला ३४ हजार ६०४ र पुरुष २८ हजार ३६४ जना रहेका छन् ।