२०८२ फागुन १७ गते
काठमाडौँ । इरानमाथि अमेरिका इजरायल आक्रमणको विरोधमा संयुक्त राज्य अमेरिकाभरका प्रदर्शनकारीहरू सडकमा निस्किरहेका छन्।
अमेरिका र इजरायलले शनिबार इरानभरि सैन्य कारबाही सुरु गरेको थियो ।उक्त कारबाहीको प्रतिक्रियामा इरानले मध्यपूर्वभरि आक्रमण गरेको छ । इरानले दुबई, दोहा, बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य अड्डाहरू भएका ठाउँहरू वा अमेरिकासँग सम्बन्धित ठाउँहरूमा स्पष्ट रूपमा इरानी आक्रमणहरू जारी राखेको छ ।
अमेरिकामा, प्यालेस्टिनी युवा आन्दोलन, डेमोक्रेटिक सोसलिस्ट अफ अमेरिका, कोड पिंक र द पिपुल्स फोरम लगायतका कार्यकर्ता समूहहरूको गठबन्धनले युद्ध रोक्न सडकमा विरोध प्रदर्शन गरिरहेका छन् र यसलाई अझ व्यापक बनाउँदै जाने बताएका छन् ।
प्रतिक्रिया