२०८३ भदौ ०१ गते
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा व्यवसाय सञ्चालनको नौ वर्ष पूरा गरी दशौं वर्षमा प्रवेश गरेको छ। २०७४ भदौ १ गतेदेखि व्यवसाय सुरु गरेको कम्पनीले आर्थिक वर्ष २०८२र८३ मा ५८ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
अपरिष्कृत वित्तीय विवरणअनुसार उक्त नाफा १४ जीवन बीमा कम्पनीमध्ये सबैभन्दा बढी हो। समग्र जीवन बीमा क्षेत्रको नाफा घटिरहेका बेला आइएमई लाइफले भने आफ्नो नाफालाई करिब स्थिर राख्दै अग्रस्थान कायम गरेको हो।
कम्पनीको खुद बीमाशुल्क संकलन ३५.८२ प्रतिशतले बढेर ७ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, प्रथम वर्षको बीमाशुल्क ५५ प्रतिशतले बढेर ३ अर्ब ५ करोड रुपैयाँ पुगेको छ। सक्रिय बीमालेख संख्या पनि बढेर ५ लाख १८ हजार पुगेको कम्पनीले जनाएको छ।
यसैगरी, कम्पनीको जीवन बीमा कोष ३९ प्रतिशतले बढेर १८ अर्ब २७ करोड रुपैयाँ पुगेको छ भने कुल लगानी २३ अर्ब २८ करोड रुपैयाँ पुगेको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काको नेतृत्वमा व्यवस्थापन अघि बढिरहेको छ। नवौं वार्षिकोत्सवका अवसरमा कम्पनीले देशभरका शाखामार्फत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। आगामी दिनमा बीमित तथा लगानीकर्तालाई थप प्रतिफल दिने प्रतिबद्धता पनि कम्पनीले व्यक्त गरेको छ।
प्रतिक्रिया