उद्धारका लागि निजी हेलिकप्टरलाई छुट्टै अनुमति लिन नपर्ने,हवाई इन्धनसहितको ट्यांकर त्रिशूली पठाइयो

२०८३ भदौ १० गते

उद्धारका लागि निजी हेलिकप्टरलाई छुट्टै अनुमति लिन नपर्ने,हवाई इन्धनसहितको ट्यांकर त्रिशूली पठाइयो

काठमाडौं । बाढीपहिरो प्रभावित क्षेत्रमा राहत, उद्धार तथा खोजी कार्यमा परिचालन हुने निजी हेलिकप्टरलाई छुट्टै अनुमति लिन नपर्ने निर्णय गरिएको छ ।


राहत, उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको हो ।

Advertisement:

Ad
Ad


साथै, उद्धार तथा राहत कार्यमा परिचालन हुने हेलिकप्टरमा इन्धन भर्न नुवाकोटको त्रिशूलीमा हवाई इन्धनसहितको ट्यांकर तत्काल परिचालन गरिएको छ ।


नेपाल आयल निगमबाट काठमाडौं हुँदै हवाई इन्धनसहितको ट्यांकर त्रिशूलीतर्फ पठाइएको जनाइएको छ ।