६ महिने छोराको घाँटी रेटेर *हत्या गर्ने असई पुष्कर कार्की पक्राउ,श्रीमती घाइते

२०८२ मंसिर २२ गते

६ महिने छोराको घाँटी रेटेर *हत्या गर्ने असई पुष्कर कार्की पक्राउ,श्रीमती घाइते

काठमाडौं । काठमाडौंको सिनामंगलमा ६ महिने छोराको घाँटी रेटेर हत्या गरेको आरोपमा प्रहरीले आफ्नै संगठनका सदस्य असई पुष्कर कार्कीलाई पक्राउ गरेको छ । आइतबार साँझ कार्कीले कोठामा छोरोका हत्या गरेर श्रीमतीलाई समेत धारिलो हतियार प्रहार गरेका थिए । 


उनी भाग्दै गर्दा नागढुंगा चेकप्वाईन्टबाट प्रहरीले नियन्त्रणमा लिएको हो । असई कार्कीकी पत्नीलाई प्रहरी अस्पतालमा भर्ना गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत असई कार्कीले किन छोराको हत्या गरे भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको बताए ।

Advertisement:

Ad
Ad