२०८२ फागुन २२ गते
काठमाडौँ। जुम्ला कनकासुन्दरी गाउँपालिकाको वडा नम्बर १, २, ३, ५, ६ र ७ को हालसम्म मत गणना हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानबहादुर शाहीले फराकिलो अग्रता कायम गरेका छन् ।
प्रारम्भिक मत परिणाम अनुसार ज्ञानेन्द्र शाहीले २१ सय २ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन् । यस्तै नेपाली कम्युनिस्ट पार्टीका नरेश भण्डारीले ९७२ मत ल्याउँदै दोस्रो स्थानमा रहेका छन् ।
त्यस्तै नेपाली कांग्रेसका दिपबहादुर शाहीले ४९६ मत प्राप्त गरेका छन् । नेकपा एमालेका शान्तिलाल महतले २१२ मत, रास्वपाका बिनिता कठायतले ३८ मत पाएका छन् । साथै ११७ मत बदर भएको छ । ३ हजार ९६२ मत गणना भएको छ ।
प्रतिक्रिया