२०८३ वैशाख ०७ गते
काठमाडौं । गृहमन्त्री सुदन गुरूङले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेख नगरेको स्टार माइक्रो इन्सुरेन्सको सेयरमा गरेको लगानीलाई लिएर सामाजिक सञ्जालमा चर्को बहस सुरु भएको छ । सम्पत्ति शुद्धीकरण गरेको आरोपमा अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टको कम्पनी र गृहमन्त्री सुधन गुरूङबीच व्यावसायिक साझेदारी रहेको भन्दै गुरूङले नैतिकताको आधारमा अनुसन्धानलाई सघाउँदै राजीनामा दिनपनसम्मको माग उठेको छ ।
बिचौलिया दीपक भट्टको बलमा लाइसेन्स पाएको स्टार माइक्रो इन्स्योरेन्समा सुधनको २५ लाख रूपैयाँ बराबरको २५ हजार कित्ता सेयर रहेको पाइएको हो ।
गृहमन्त्री गुरूङले यो सेयरबारे सम्पत्ति विवरणमा उल्लेख भने गरेका थिएनन् ।हालै सार्वजिनक विवरणअनुसार ‘स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड’ ९दर्ता नम्बरस् ३०४६७०र०७९र८०० मा गुरूङ र भट्टबीच साझेदारी रहेको देखिएको हो । कम्पनीको सञ्चालक लगत र सेयरधनी विवरणले गृहमन्त्री गुरुङले आफ्नो आधिकारिक सम्पत्ति विवरणमा उल्लेख नगरेको ठूलो परिमाणको सेयर यो कम्पनीमा रहेको पुष्टि गर्छ।
कम्पनीको संस्थापक सेयरधनीको ४९ औं नम्बरमा गोर्खा जिल्ला, चुमनुब्री(२ स्थायी ठेगाना भएका र दिलबहादुर गुरुङका छोरा ‘श्री सुधन गुरुङ’ नाम उल्लेख छ । गृहमन्त्री गुरूङले भरेको सम्पत्ति विवरणमा उल्लेख गरिएको ठेगाना र बुबाको नाम मिल्न जाने हुँदा स्टार माइक्रो सेयर गृहमन्त्रीकै भएको दाबी गर्न सकिन्छ । स्टारको सेयर लगतमा गुरूङको नागरिकता नम्बर ११३७९ उल्लेख छ भने उनको नाममा २५ हजार कित्ता सेयर रहेको छ ।
यता कम्पनीको सञ्चालक समितिको तेस्रो नम्बरमा श्रीमती प्रजुनी बज्राचार्यको नाम छ । बज्राचार्य व्यवसायी दीपक भट्टको कम्पनी ‘इन्फिनिटी होल्डिङ्स’ की प्रतिनिधि हुन् ।
जबकि गृहमन्त्रीले एक साताअघि सार्वजनिक गरेको सार्वजनिक गरेको सम्पत्ति विवरणमा यो २५ हजार कित्ता सेयरको कतै पनि उल्लेख गरेका छैनन् । त्यहाँ धितोपत्र बजारमा कारोबार हुने सेयरहरू भनेर २ करोड ७४ लाख रूपैयाँको सेयर रहेको उल्लेख थियो ।
प्रतिक्रिया