२०८२ फागुन २२ गते
काठमाडौँ । ब्यालेट बक्स आइनपुग्दा गोरखा–१ मा मतगणना सुरु हुन सकेको छैन । जिल्लाको उत्तरी भागबाट हेलिकप्टरबाट ल्याउनुपर्ने ब्यालेट बक्स अहिलेसम्म नआएका कारण गणना सुरु हुन ढिलाइ भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए ।
हेलिकप्टरबाट ल्याउनुपर्ने ब्यालेट बक्समध्ये ७ वटा आइपुगेको र अझै १६ वटा ब्यालेट बक्स भने आइपुग्न बाँकी रहेको गौतमको भनाइ छ । अहिले ५ बजेसम्म सबै ब्यालेट बक्स आइपुग्ने र त्यसपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी भएको गौतमले जानकारी दिए ।
प्रतिक्रिया