सुनमा एकैदिन ५ हजार ८०० रुपैयाँको उछाल, चाँदी पनि महँगियो

२०८३ वैशाख २३ गते

सुनमा एकैदिन ५ हजार ८०० रुपैयाँको उछाल, चाँदी पनि महँगियो

काठमाडौँ। बैशाख २३ गते बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। आज सुनको मूल्य प्रतितोला ५ हजार ८०० रुपैयाँले बढ्दा चाँदी पनि प्रतितोला १७५ रुपैयाँले महँगिएको हो।

 

Advertisement:

Ad
Ad

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन मंगलबार भने सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा किनबेच भएको थियो।

 

त्यसैगरी, चाँदीको मूल्य पनि बढेर प्रतितोला ५ हजार ५५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो।