२०८३ जेठ ०५ गते
काठमाडौँ । ग्लोबल आइएमई बैंक दमक शाखामा कार्यरत कर्मचारीको आत्महत्या प्रकरण केश जटिल बन्दै गएको छ । सोमबार बैंकका शाखा प्रमुख पिताम्बर खड्काले आफ्नै बैंकका सीईओ,लगायत उच्च पदस्थ कर्मचारीको फोटो फेसबुकमा राखेर तिमिहरुले मलाई मार्यौ लेखेर आफ्नै घरको भुइँतल्लामा रहेको एक कोठामा सिलिङ्गमा पासो लगाएका थिए ।
खड्काका परिवारले बैंकका सीईओ शुरेन्द्रराज रेग्मी पक्राउ नपरेसम्म मृतक खड्काको शव नउठाउने अडान राखेको छ । छोरालाई झुण्डिएको अवस्थामा देखेपछि उनका बाबु महेश खड्काले प्रहरीमा खबर गरेका थिए । लगत्तै, घटनास्थल पुगेको प्रहरीले वडा अध्यक्षसमेतको उपस्थितिमा घटनाको मुचुल्का उठाएर शब पोष्टमार्टमका लागि अस्पताल पठाएको थियो ।
खड्काले बैंकका सिइओ सुरेन्द्र राज रेग्मी, बैंकका असिस्टेन्ट सिइओ दीपचन्द्र रेग्मी, एचआर प्रमुख अनामिका सिंह कुँवर र बैंकका डेपुटी सिइओ सुमन पोखरेलको फोटो राखी, उनीहरुलाई ट्यागसमेत गरेर खड्काले आत्महत्या गरेका हुन् ।
खड्कालाई केही समय अगाडि बैंकले स्पष्टिकरण सोधेको पाइएको छ । स्पष्टिकरणपछि उनले राजिनामा दिएका थिए । तर स्पष्टिकरण के विषयमा थियो भन्ने तथ्य बाहिर आएको छैन । बैंकले राजीनामा स्वीकृत गरेकै दिन उनले ‘तिमीहरुले मलाई मार्यौ’ लेखेर पासो लगाएका थिए ।
परिवारले शव बुझ्न र दाहसंस्कार गर्न नमानेपछि बैंकमाथि दवाब सृजना भएको छ ।
प्रतिक्रिया