लगातार बढ्दै सुन–चाँदीको मूल्य

२०८३ साउन ११ गते

लगातार बढ्दै सुन–चाँदीको मूल्य

काठमाडौँ । साउन ११ गते सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। आज सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला ३५ रुपैयाँले महँगिएको छ।

 

Advertisement:

Ad
Ad

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँ कायम रहेको थियो। पछिल्ला केही दिनयता सुनको मूल्य निरन्तर उकालो लाग्ने क्रम जारी छ।

यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ४ हजार ४४५ रुपैयाँ पुगेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो। सुनसँगै चाँदीको मूल्यमा पनि निरन्तर वृद्धि देखिएको छ।