२०८३ भदौ ३१ गते
काठमाडौँ । गरिमा विकास बैंकद्धारा भोटेकोशी बाढी प्रभावितका लागि १ करोड १ लाख ११ हजार १ सय ११ सहयोग घोषणा गरेको छ । बैंकले भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुर्नस्थापनाका लागि गरिमा विकास बैंक र विकास बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरु समेतको तर्फबाट कुल १ करोड १ लाख ११ हजार १ सय ११ सहयोग गन घोषणा गरिएको जनाएको हो ।
बाढी पश्चात उत्पन्न कठिन परिस्थितिबाट प्रभावित विभिन्न जिल्लाका नागरिकहरुको उद्धार, राहत तथा पुर्नस्थापना प्रयोजनको लागि कर्मचारीहरुको तर्फबाट एक दिनको तलब तथा भत्ता बराबरको रकम रु १६,२०,५५०(अक्षरेपी सोह्र लाख बिस हजार पाँच सय पचास मात्र) र बैंकको तर्फबाट नगद रु ३४,९०,५६१÷– (अक्षरेपी चौंत्तिस लाख नब्बे हजार पाँच सय एकछठ्ठी मात्र) समेत जम्मा रकम रु ५१,११,१११ (अक्षरेपी एकाउन्न लाख एघार हजार एक सय एघार मात्र) प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको छ ।
साथै, विकास बैंकले प्रभावित क्षेत्रको शिक्षा, स्वास्थ्य तथा नागरिकको पुर्नस्थापना सम्बन्धी कार्यक्रममा संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट स्थानीय निकायसँगको समन्वयमा थप रु ५०,००,०००(अक्षरेपी पचास लाख मात्र) बराबरको प्रत्यक्ष सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
गरिमा विकास बैंक लिमिटेडले यस अकल्पनीय प्राकृतिक विपद्मा परी ज्यान गुमाएका सम्पूर्ण नागरिकहरुप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइते तथा प्रभावित सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुर्नस्थापनाको कामना गरेको छ ।
प्रतिक्रिया