५० लाखसम्मको ईभी गाडीमा मुल्य घट्ने अर्थमन्त्रीको दाबी

२०८३ जेठ १८ गते

५० लाखसम्मको ईभी गाडीमा मुल्य घट्ने अर्थमन्त्रीको दाबी

काठमाडौँ । अर्थमन्त्री स्वणिम वाग्लेले ५० लाखसम्मका गाडीमा मुल्य घट्ने दाबी गरेका छन्। नेपाल आर्थिक पत्रकार संघको बजेटपछिको अन्तरक्रिया कार्यक्रममा विलाशिता गाडीमा मात्रै कर बढेको बताएका हुन्। उने केही वर्षअघिसम्म  विद्युतीय गाडीको प्यानिट्रेशन बढाउन धेरै छुट दिएपनि अहिले आवश्यकता अनुसार कर लगाएको बताए। 

 

Advertisement:

Ad
Ad

‘अहिले १ करोड सम्मका विद्युतीय गाडी चढेर हिड्नु विलाशिता हो। यो सबैले स्वीकार गर्नुपर्छ,’ अर्थमन्त्री वाग्लेले भने,‘प्रधानमन्त्रीले ५० लाख तलका गाडीमा नबढाउन निर्देशन दिनुभएको थियो। ५० लाख माथीका गाडीमा बढाउँदा खासै फरक नपर्ने आशय थियो।’

 

उनले व्यवसायीहरु किलोवाटका आधारमा गाडी भित्राउँदा महालेखाले प्रश्न उठाएपछि तनावमा देखिएको बताए। उनले किलोवाटको सट्टा मुल्यका आधारमा लगाउँदा अटो व्यवसायीहरु समेत राहात महशुस गरेको बताए। 

 

उनले विद्युतीय गाडी पूर्ण रुपमा स्वच्छ उर्जा नभई ब्याट्री व्यवस्थापन गर्ने विषय पेचिलो रहेको बताए।