निर्वाचन आयोगविरुद्ध अभिव्यक्तिपछि दुर्गा प्रसाईं नियन्त्रणमा

२०८२ माघ ०५ गते

निर्वाचन आयोगविरुद्ध अभिव्यक्तिपछि दुर्गा प्रसाईं नियन्त्रणमा

पोखरा । दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईं पोखरामा आयोजित कार्यक्रममा सहभागी भइरहेकै बेला पक्राउ परेका हुन्। कास्की प्रहरीका अनुसार काठमाडौँबाट पक्राउ अनुमति आएपछि उनलाई नियन्त्रणमा लिइएको हो।

 

Advertisement:

Ad
Ad

प्रसाईंले नेपाली कांग्रेसको विशेष महाधिवेशन सन्दर्भमा निर्वाचन आयोग ले रकम लिएर एउटा पक्षलाई आधिकारिकता दिएको आरोप लगाएका थिए। उक्त अभिव्यक्तिपछि आयोगले उनीविरुद्ध उजुरी दर्ता गराएको थियो। यससँगै सरकारी वेबसाइट ह्याक गरेर डाटा चोरी गर्ने योजना बनाएको अडियो सार्वजनिक भएपछि अनुसन्धानको दायरा फराकिलो बनेको छ।

 

निर्वाचन बहिष्कारदेखि विभिन्न आन्दोलनको नेतृत्व गर्दै आएका प्रसाईं हालै राजसंस्था पुनर्स्थापनासम्बन्धी अभियानमा सक्रिय थिए। केही समयअघि सरकारसँग १२ बुँदे सम्झौता भए पनि पछिल्ला गतिविधि र अभिव्यक्तिका कारण उनी पुनः प्रहरी हिरासतमा पुगेका हुन्। पक्राउ परेका प्रसाईंलाई थप अनुसन्धानका लागि काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।