किन पक्राउ परे शेयरबजारका बादशाह दीपेन्द्र अग्रवाल ?

२०८२ पुस ०५ गते

किन पक्राउ परे शेयरबजारका बादशाह दीपेन्द्र अग्रवाल ?

काठमाडौं । शुक्रबार शेयरबजारका चर्चित कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । झुटो कारोबार गरेर मूल्य प्रभावित गरेको अभियोगमा दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् । सेयर कारोबारी अग्रवाललाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले शुक्रबार पक्राउ गरेको हो ।

उनलाई काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । यसअघि पनि उनी साउनमा पक्राउ परेर छुटेका थिए । धितोपत्रसम्बन्धी ऐनअन्तर्गत उनलाई पक्राउ गरिएको हो ।

Advertisement:

Ad
Ad


नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन अनुसार प्रतिवादी अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर खरिद गरी धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९७ ९ग० बमोजिम झुक्याउने विवरण दिने भ्रामक सूचना सार्वजनिक गरेका थिए ।


उनले उक्त भ्रामक सूचना प्रवाह गरेर उच्च मूल्यमा सेयर विक्री गरी करिब ४९ लाख १९ हजार ८६५ रुपैयाँ कानून विपरीत नाफा आर्जन गरेको सीआइबीको अनुसन्धानमा भेटिएको छ ।

अग्रवालले अन्य अन्य टीएमएएस युजर प्रयोग गरी आपसी खरिद बिक्री तथा आफन्त सम्बद्ध संस्थाबीच वास्तविक स्वामित्व नबदलिने गरी कारोबार गरेको तथा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य कृत्रिम रूपमा बढाएको देखिएकाले छ । उनले धितोपत्र ऐनको दफा ९४ ९क० र ९ख० र दफा ९५ बमोजिम झुठो कारोबार र मूल्य प्रभावित गर्ने कसूर गरेको फेला परेको छ ।

मोरङको विराटनगर स्थायी घर भई हाल काठमाडौं बस्ने ४२ वर्षीय अग्रवाललाई काठमाडौं महानगरपालिका वडा नं ४, चुनदेवीबाट पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको छ। धितोपत्र बजारको स्वच्छता र पारदर्शिता कायम राख्न नियामक निकायको प्रतिवेदनका आधारमा प्रहरीले उनीमाथि कानूनी कारबाहीको प्रक्रिया अघि बढाएको हो ।