हिरासतमा रहेका विचौलिया दीपक भट्टकी श्रीमतीको रिटमा सर्वोच्चको आदेश : अदालतमा उपस्थित गराउनु

२०८३ वैशाख २१ गते

हिरासतमा रहेका विचौलिया दीपक भट्टकी श्रीमतीको रिटमा सर्वोच्चको आदेश : अदालतमा उपस्थित गराउनु

काठमाडौं । सर्वोच्च अदालतले विचौलिया दीपक भट्टलाई अदालतमा उपस्थित गराउनका आदेश दिएको छ ।


न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले यस्तो आदेश दिएको हो ।भट्टपत्नी आयुस्मा नेपालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाऊ आदेश जारी गर्दै भट्टलाई अदालतमा उपस्थित गराउन आदेश गरेको हो ।

Advertisement:

Ad
Ad


भट्ट सम्पत्ति शुद्धीकरण र गोल्छा सीआईबीको हिरासतमा छन् । उनी चैत १९ गते सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका थिए ।


भट्टले हिमालयन रि–इन्स्योरेन्स र यसका सहायक कम्पनीबाट ३ अर्ब ८१ करोड दुरुपयोग गरी नेपाल रि–इन्स्योरेन्सलगायत कम्पनीको सेयर किनेको पुष्टि भएको छ । बीमा प्राधिकरणले छानबिन गरेर भट्टमाथि कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभागलाई सिफारिस गरेको थियो । सोही अनुसार उनी पक्राउ परेका हुन् ।