बिचौलिया भट्टसँग जोडिएका ५६ जनाको सेयर कारोबार रोक्का राख्न धितोपत्र बोर्डलाई सीआईबीको निर्देशन,को-को परे ?

२०८३ जेठ १४ गते

बिचौलिया भट्टसँग जोडिएका ५६ जनाको सेयर कारोबार रोक्का राख्न धितोपत्र बोर्डलाई सीआईबीको निर्देशन,को-को परे ?

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले ५६ जनाका लगानीको विवरण पठाउन र रोक्का राख्न धितोपत्र बोर्डलाई सीआईबीको निर्देशन दिएको छ ।

 

Advertisement:

Ad
Ad

सीआईबीले दिपक भटट्को अनुसन्धानमा जोडिएका व्यक्तिको लगानीको विवरण पठाउन निर्देशन दिएको हो ।सिआईबिले पठाएको ५६ जनाको लगानीको विवरण पठाई हाल कारोबार रोक्का राखि ब्यूरोलाई सहयोग गर्न समेत आग्रह गरेको छ।

 

सीआईबीले पठाएको नाममा गार्डियन माइक्रो लाइफको सिईओ देखि बीमा कम्पनीका संचालक र इन्भेष्ट बैंकका उच्च पदाधिकारीहरु यस घटनामा जोडिएको देखिएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान ब्यूरोको कारवाही शाखाले धितोपत्र सम्बन्धी कसुर ऐनमा सरकारको प्रतिवादि रहेको दिपक भटट्को अनुसन्धानमा क्रममा उनको कारोबार भएको कम्पनीहरुसँग जोडिएको नामको प्रतिवादिहरुको नाममा रहेको लगानीको विवरण खुल्ने गरी पठाउन नेपाल धितोपत्र बोर्डलाई आग्रह गरेको छ।

यी हुन् कारोबार रोक्काको लिस्टमा रहेकाहरु-
 

हिमालयन री–इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, सञ्चालकहरू अमित मोर, राजीव मोर, शुभेच्छा खरेल, सुभाष कुमार झुनझुनवाला र लगानी समिति सदस्य मनिष कुमार छन् ।त्यसैगरी नेपाल माईक्रो इन्स्योरेन्सका सञ्चालक सदस्यहरू सिद्धान्त झुनझुनवाला, लतिका गोल्याण, बद्री सिग्देल, प्रविना दाहाल ९लगानी समिति अध्यक्ष० र सुजल मल्ल पनि यसको सूचीमा छन् ।

गार्डियन माईक्रो लाईफ ईन्स्योरेन्सका सञ्चालकहरू डा. जयप्रकाश जैसवाल, उदयनारायण भट्टराई, प्रमोद प्रसाद भट्टराई, ज्योती अग्रवाल, नवराज मुडभरी, सीईओ चिरायु भण्डारी तथा लगानी समिति सदस्यहरू ज्योती प्रकाश पाण्डे र समीर खरेल पनि यो सूचीमा छन् ।

यस्तै, हिमालयन लाईफ ईन्स्योरेन्सका सञ्चालक समिति तथा लगानी समितिका पदाधिकारीहरू विवेक कुमार शाह, लक्ष्मण ज्ञावली, राजिव प्रसाद प्याकुरेल, आशिष ढकाल, सौरभ दुगड, सचिन आचार्य, प्रमिला के.सि. र दिगम्बर झा पनि यो सूचीमा छन् ।