'देउवा दम्पत्तीलाई तत्काल पक्राउ गर्न मिल्छ विशेष अदालतबाट पक्राउ पुर्जी जारी हुनुपर्छ'

२०८३ जेठ १२ गते

'देउवा दम्पत्तीलाई तत्काल पक्राउ गर्न मिल्छ विशेष अदालतबाट पक्राउ पुर्जी जारी हुनुपर्छ'

काठमाडौं । अधिवक्ता स्वागत नेपालले नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा उनकी पत्नी आरजु राणा देउवा दम्पत्तिका नाममा सर्वोच्च अदालतले हिजो दिएको आदेशको गलत ब्याख्या भएको बताएका छन् । उनले सर्वोच्चले पक्राउ गर्नै नमिल्ने भनेको नभई पक्राउ पुर्जीको अहिलेको तरिका नमिलेको तर नयाँ पक्राउ पुर्जी जारी गर्न मिल्ने गरी आदेश दिएको बताएका छन् । 


उनका अनुसार सम्पत्ति शुद्धिकरणको मुद्दा काम कारबाही विशेष अदालतले हेर्ने भएकाले कानुनतः जुन अदालतले मुद्दा हेर्ने हो उसैले पक्राउ पुर्जी जारी गर्नुपर्नेमा अहिले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएकाले प्रक्रिया नै गलत भएका कारण सर्वोच्चले स्वेच्छारी ढंगको भएको भन्दै पक्राउ गर्न नमिल्ने आदेश दिएको हो । कानुन अनुसार विशेष अदालतले तत्काल पक्राउ पुर्जी जारी गरेर देउवा दम्पत्तीमाथि पुनः अनुसन्धान गर्न पक्राउ गर्न मिल्ने अधिवक्ता नेपालको भनाई  छ । उनले सर्वोच्चले आदेशमा प्रक्रिया पुरा गरेर पक्राउ गर्न मिल्ने ठाउँ छाडेको दाबी गरेका छन् । 

Advertisement:

Ad
Ad


उनले भने,'यो पक्राउ पूर्जीनै मिलेन,जिल्ला अदालतको आदेशको आधारमा पक्राउ नगर्नु भनिएको मात्र हो,विशेष अदालतले पक्राउ पुर्जी जारी गरे अनुसन्धानका लागि पक्राउ गर्न मिल्छ ।' 

 

सर्वोच्च अदालतका न्यायाधिशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले सोमबार देउवा दम्पतीलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको हो ।

 

 सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएकोविरुद्ध देउवा दम्पतिले सर्वोच्चमा रिट दायर गरेका थिए । हाल देउवा दम्पती विदेशमा छन् ।